Posts

Showing posts from November, 2023

नेपालको राजनैतिक ईतिहासमा "किरात काल"

Image
लेखक: भोला बिक्रम राई प्रारम्भ एसियाका ठूला देशहरू चीन र भारतको बीचको हिमालय काखमा रहेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक र बिशिष्ट छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा पनि नेपाललाई अत्यन्तै प्राचीन र पवित्र भूमिको रूपमा वर्णन गरिएको छ । काठमाडौं उपत्यकामा पाइएका नियोलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि नेपालमा मानिसको बसोबास कम्‍तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ र किरात जातिका मानिसहरु करिब २५ सय बर्षअघि देखि यहाँ बसोबास गरेको अनुमान लगाइन्छ । प्राचीन नेपालको राजनैतिक ईतिहास हेर्दा किरात कालभन्दा अगाडि नेपालमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू भएपनि प्रष्ट प्रमाणको अभावमा किरातकाल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किरात कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। किरात काल इतिहासकार इमानसिं चेम...