नेपाललमा आदिवासी जनजातिको ५९ जातीलाई सुचिकृत

नेपाललमा आदिवासी जनजातिको ५९ जातीलाई सुचिकृत गरिएको छ । कुलुङ, बान्तावा, मेवाहाङ, साम्पाङ लगायत राई जातिको थर भएकोले सुचिकृत नभएको राईको थरहरुलाई छुट्टै जाती मानिन्दैन । जस्तै केही तामाङहरुले पनी दोङ, योञ्जन लेखाउछ गुरुङ हरुले घले, लामा भने मगरहरुले थापा, बुढा, पिठाकोटे अनि लिम्बूहरुले लावती, चेम्जोङ, साँवा आदि यसो हुनुमा उनिहरुमा चेतनाको कमी वा अज्ञानता लाई कारक मानिन्छ ।
नेपालको सुचिकृत ५९ आदिबासी जनजातीहरु लाई
 ५ समुहमा बाढिएकोमा राई जातीलाई सुबिधा बन्चित 
समूह मा राखिएको छ।
१.) उन्नत समूहमा :- नेवार र थकाली जाती रहेको छ।
                           (२ जाति )
२.) सुबिधा बन्चित समुहमा :- राई, लिम्बू , याख्खा, 
     जिरेल, गुरुङ, मगर, छैरोतन, ताङवे, तिनगाउले,
     बाह्रगाउले, मार्फाली, शेर्पा, छन्त्याल, ब्यासि,
    र ह्योल्मो जातिहरु रहेकोछ ।( १५ जाति )
३.) सीमान्तकृत समुहमा :-  सुनुवार, थारु, तामाङ,
     भुजेल, कुमाल, कोचे (राजबङ्शी ), गन्गाई, भोटे,
     धिमाल, दराई, ताजपुरिया, पहारी, तोप्केगोला,
     डाेल्पाे, फ्री, मुगाली, लार्के, ल्होपा, दुरा र वालुङ
     जातिहरु रहेकोेछ। (२० जति )
४.) अती सीमान्तकृत समूह :- थामी, चेपाङ, माझी,
     सियार, ल्होमी, थुदाम, धानुक, सतार, झाँगड,
     बोटे, दनुवार र बरामो जातिहरु रहेकोछ।
                      (१२ जाति )
५.) लाेपउन्मुख समूह :- कुसुण्डा, वनकरिया, राउटे,
     सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र 
     कुशवाडिया जातीहरु रहेकोछ। (१० जाति) 
   / यि बाहेक आदिवासी जनजाति लगायत क्षेत्री ब्राह्मण मधेसी र मुसलमान को  सुचीकृत भन्दा फरक लेखाउने वा थर लेख्दा जात नझुण्डाउनेहरुलाई एकमुष्ट अन्य (others) जाती भनी एकै ठाउँमा देखाउने चलन छ। अन्य जातीहरुमा अज्ञानताको कारणले यस्तो भैरहदा राई जाती भित्र भने बढी जान्नेहरुको जमात धेरै हुदा यस्तो भैरहेको छ उनिहरुले आफ्नो सिमित स्वार्थलाई हेरेर यस्तो गरिरहेको पाईन्छ। जनगणनामा गणक प्राय आफ्नै जातको आउदैन आफ्नै जातको गणकलाई हरेकको घरमा पठाउन पनी सरकार र सम्बन्धित निकाय बाट असम्भव नै छ यदि आए पनी सबैलाई आफ्नो जातीको सबै थर थाह हुदैन अनि घर मुलीलाई पनी थर टिपाए सँगै जात पनी टिपाउनु पर्छ भन्ने थाह हुदैन अनि थर मात्र टिपाउदा को परिणामले यस्तो समस्याको उत्पन्न भैरहेको छ । अन्य बखत वा नागरिकता कागजपत्र मा जेसुकै लेखे आपति हुने छैन तर यो जनगणनाको एउटा मुल उदेश्य भनेको कुन जाती समुदाय र धर्म मान्नेहरुको जनसंख्या कती छ भनेर मापन गर्नको लागी गरिने कार्यक्रम भएकोले पनी हामी सम्पूर्ण राई जातीहरुले जात मा राई पनी समाबेश गर्न अनिवार्य नै छ अनि धर्ममा महलमा किरात । २०५८ सालको जनगणनामा भन्दा २०६८ सालको जनगणनामा सबै जातिको जनसंख्या बढ्दा राईहरुको मात्र जनसंख्या घटेको । तसर्थ  जनगणनामा हुनसक्ने यस्तो  सम्भाबित समस्यालाई  हल गर्न उदाहरणको लागी कुलुङ (राई) लेख्न सकिन्छ ।
🛑🛑🛑🛑🛑🛑🛑🛑🛑
नेपाल राज्यको जनगरणा २०६८ अनुसार किरात राई
हरुको कुल जनसंख्या ६२०,००४ रहेकोछ भने नेपाल
को कुल जनसंख्या (२६४९४५०४) १००% को २.३%
हिस्सा किराँत राई समुदयले ओगटेको छ । तर बि. सं.
२०५८ सालको जनगणनामा किराँत राई समुदायहरुको
कुल जनसंख्या ६३५,१५१ रहेको थियोे , शिक्षा र जन -
चेतना बढ्नगई परिवर नियोजनको साधनहरुको
 प्रयोग प्रचुर मात्रामा भएको कारणले अनि कतीपय राई
जातीले चाम्लिङ, बन्तावा , सोताङ जस्तो थर टिपाएर
जात नटिपाएको कारणले वा गलत तथ्यांक संकलनले 
गर्दा १० बर्षको अन्तरालमा किराँत राई जातिको जनसंख्यामा 
१५,१४७ ले गिरावट आएको देखिन्छ । १०. ठूलो जनसंख्या भएको 
जतिहरुमा राई जातिको मात्र जनसंख्या घटेकाे देखाइएको छ ।

नेपालको जनगणना २०६८ र तथ्यांक बिभागको आधिकारिक 
तथ्यांक अनुसार नेपालको १५ धेरै जनसंख्या भएको जात जातिहरु ।
नेपालको कुल जनसंख्या = २,६४,९४,५०४ (१००%)
 १.) क्षेत्री = ४,३९८,१७९ जना (१६.६०%);
 २.) पहाडी ब्राह्मण = ३,२२६,९०३ जना (१२.१८%);
 ३.) मगर =१,८८७,७३३ जना (७.१२%);
 ४.) थारु = १,७३७,४७० जना (६.५६%);
 ५.) तामाङ = १,५३९,८३० जना (५.८१%);
 ६.) नेवार = १,३२१,९३३ जना (५.०३%);
 ७.) कामी = १,२५८,५५४ जना (४.७५%);
 ८.) मुसलमान = १,१६४,२५५ जना (४.३९%);
 ९.) यादव = १,०५४,४५८ जना (३.९८%);
१०.) राई = ६,२०,००४ जना (२.४३%);
११.) गुरुङ = ५,२२,६४१ जना (१.९७%);
१२.) दमाई/धोबी = ४,७२,८६२ जना (१.७८%);
१३.) ठाकुरी = ४,२५,७२३ जना (१.४६%);
१४.) लिम्बु = ३,८७,३०० जना (१.६१%);
१५.) सार्की = ३,७४,८१६ जना (१.४१%) ।
जनसंख्याको आधारमा ठुलो १५ जतिहरु मध्ये गुरुङ र राई 
जातिको मात्र २०५८ सालको तुलनामा जनसंख्या घटेकोछ । 
राई जातिको जनसंख्या २०५८ सालको तुलनामा २०६८ सालमा 
१५,१४७ जनाले घटेको  तर राई जाति नलेखाएर अरुनै
 ( मेवाहाङ,कुलुङ,आठपहरिया,याम्फु लगायतको ) लेखाउने राई 
जातिहरुको जनसंख्या अत्याधिक छ उनीहरुको जनसंख्या ७४,०८५ 
जना रहेकोेछ । समग्रमा किराँत राई जाति जनसंख्याको आधार 
मा १० औं स्थानमा रहेकोेछ भने जनजाती तर्फ चाही क्रमश : मगर, 
थारु, तामाङ ,नेवार जाति पछि ५ औ स्थानमा रहेकोछ। 
साथै किराँती धर्मलाई आफ्नो धर्मका रुपमा लेखाउने 
राई, लिम्बु, सुनुवार, याक्खा लगायतको किराँती 
समुदायहरु काे संख्या देशको को कुल जनसंख्याको 
३% रहेकोछ। नेपालको सुचिकृत ५९ जनजातीहरु लाई
 ५ समुहमा बाढिएकोमा राई जातीलाई सुबिधा बन्चित 
समूह मा राखिएको छ।

१.) उन्नत समूहमा :- नेवार र थकाली जाती रहेको छ।
                           (२ जाति )
२.) सुबिधा बन्चित समुहमा :- राई, लिम्बू , याख्खा, 
     जिरेल, गुरुङ, मगर, छैरोतन, ताङवे, तिनगाउले,
     बाह्रगाउले, मार्फाली, शेर्पा, छन्त्याल, ब्यासि,
    र ह्योल्मो जातिहरु रहेकोछ ।( १५ जाति )
३.) सीमान्तकृत समुहमा :-  सुनुवार, थारु, तामाङ,
     भुजेल, कुमाल, कोचे (राजबङ्शी ), गन्गाई, भोटे,
     धिमाल, दराई, ताजपुरिया, पहारी, तोप्केगोला,
     डाेल्पाे, फ्री, मुगाली, लार्के, ल्होपा, दुरा र वालुङ
     जातिहरु रहेकोेछ। (२० जति )
४.) अती सीमान्तकृत समूह :- थामी, चेपाङ, माझी,
     सियार, ल्होमी, थुदाम, धानुक, सतार, झाँगड,
     बोटे, दनुवार र बरामो जातिहरु रहेकोछ।
                      (१२ जाति )
५.) लाेपउन्मुख समूह :- कुसुण्डा, वनकरिया, राउटे,
     सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र 
     कुशवाडिया जातीहरु रहेकोछ। (१० जाति) 
      
तर हामीले भुल्न नहुने कुरा राई जातिहरुको बसोबास
भारत, भुटान र बर्मा ( म्यान्मार ) लगायतको देशहरुमा
पनिरहेको छ । 

Comments

Popular posts from this blog

नेपालको राजनैतिक ईतिहासमा "किरात काल"

नौलाख किराँती मध्ये केही राईको पाछाहरु

राई र लिम्बुको माया पो माया अरुको त सब घामछाया 🤣