मर्चा - जाड बनाउन नभैनहुने बस्तु
मानव जीवनको बिकासक्रममा विभिन्न चिजबिज हरुको अनुसन्धान र उत्पती भएको पाइन्छ । त्यसै क्रमको किराँती हरुको अति नै महत्वपूर्ण सगुन "जाड" बनाउनको लागि "मर्चा" को उत्पती भएको थियो ।
जाड बनाउन लाई नभै नहुने यो "मर्चा" हाम्रा पुर्खाहरुले त्यो समयमा बनाए जुन समयमा बिश्वमा कुनै पनि कुनामा यश प्रकारको "अल्कोहल" बनाउने कच्चापदार्थ बनाएका थिएन्न ।
मर्चा बनाउने तरिका :
मर्चा बनाउनका लागि चामल, अदुवा, खोर्सानी र पुराना मर्चाको सानो टुक्राका साथै एउटा विशेष बिरुवाको जरा चाहिन्छ, जुन उच्च लेकाली भेकतिर मात्र पाइन्छ। यस बिरुवाको पहिचान भने गोप्य राखिन्छ, कसैलाई बताउँदैनन्, खुलाउँदैनन्।
आजको दिनसम्म पनि तर मर्चाको महत्त्व घटेको छैन। धेरै अवसरमा कारखाना-भट्टीतिर बनिएका मदिराहरूले ठाउँ लिन थालेको भए तापनि, मर्चा हालेर बनाइएको छाङ/जाँडको माग आज पनि त्यति नै धेरै छ।
चामललाई रातभरी भिजाएर बिहान पानी तारेपछि ढिकीमा कुटिन्छ। भिजाइएको चामलमा अदुवा, खोर्सानी र गोप्य बिरुवाको जरा मिसाइन्छ। यी सबैलाई पीठो हुने गरी कुटेपछि त्यसलाई भाँडामा खन्याएर उचित मात्रामा पुराना मर्चा मिसाएर मुछिन्छ। पीठो राम्ररी मुछिएपछि हातले स-साना पेडा बनाएर नाङलोमा फिजाएर पीरे उन्युले छोपिन्छ। यो प्रक्रिया पूरा भएपछि नाङलोलाई अगेनोमाथि भारमा राखिन्छ। मर्चा तयार हुन केहि दिन लाग्ने गर्दछ।
औषधिको रूपमा उपयोग गर्न पनि मर्चाको धेरै माग छ। यो पीलो पकाउनका साथै गाई-वस्तुहरूको रोगमा पनि प्रयोग गरिन्छ।

Comments
Post a Comment