प्रदेश न. १ को नामकरण किरात प्रदेश राख्न आग्रह

नेपालमा राष्ट्रले सम्बोधन गरेको किरात एक सर्व-स्वीकार्य नेपालकै सबैभन्दा प्राचीन सभ्यता हो।नेपालमा प्रजातन्त्र पश्चात पञ्चायती शाषन व्यवस्था सम्मको समयमा पनि नेपालको सरकारी लिखौटहरुमा पुर्वी नेपाल किरात राज्यलाई (ओल्लो किरात,माझ किरात र पल्लो किरात) भुगोलको नामले सम्बोधन गरीन्थियो।प्राचिन किरात सभ्यता,किरात शब्दले बहु-भाषी,बहुपहिचान बहु जाती नेपाली जनता लाई र नेपालको सभ्यता,ईतिहास र भुगोल सबैलाई समेट्ने भएको कारण प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गर्नुपर्दछ र उपस्वायत्तहरुः-लिम्बुवान,खम्बुवान,शेर्पालुङ,ओल्लो किरात(कोईचवान),याक्खालैण्ड,कोचीला,मेचे,थारुहट,धिमाल,झाँगड,मुसहर साथै विभिन्न स्वायत्त,भाषिक क्षेत्र तथा विशेष संरक्षित क्षेत्र घोषणा गर्नुपर्दछ।प्रदेश नं १ लाई कोशी या सगरमाथा प्रदेश नामकरण गरीनु नेपालको ईतिहास र भौगोलिक रुपमा ओल्लो किरात,माझ किरात र पल्लो किरातको ईतिहास लाई अन्याय हुनेछ।यदि वर्तमान परीपेक्ष्यमा Majority मा किरात र लिम्बुवानको राजनैतिक आन्दोलन/प्रभाव/पहुँच या शक्तिको आधारमा नै प्रदेश नं १ लाई(किरात लिम्बुवान) मात्र प्रदेश नामकरण गरीनु पर्दछ भन्नु त्यो ईतिहासकै अर्को ठुलो महाभुल साबित हुनेछ।आज प्रदेश नं १ मा Majority मा आवाज उठाएको आन्दोलन गरीरहेका शक्तीहरु किरात र लिम्बुवान हुन भनेर अरुलाई बाईपास गरेर आज(किरात लिम्बुवान)मात्र नामकरण गरीयो भने भोली त्यहाँभित्र Minority/कमजोर रहेको कोचीला,शेर्पालुङ,ओल्लो किरात,याक्खालैण्ड लगायत विभिन्न भाषिक पहिचानवादि समुदायहरुले किरात र लिम्बुवानमा आफनो पहिचान अपनत्व/महसुस गर्नेछैनन र कालान्तरमा त्यहा निश्चित रुपमा अर्को आन्दोलन/विद्रोहको स्वरुप तैयार हुनेछ।यसले गर्दा हामीभित्रै समुदायीक/साम्प्रादायीक अन्तरद्वन्दको समस्या देखिनेछ।त्यसैले प्रदेश नं १ को नाम प्राचिन किरात सभ्यता र ऐतिहासिक भुगोलको पहिचानको निरन्तरताको आधारमा किरात राज्य नै वैज्ञानिक र व्यवहारिक ठहरिनेछ।किरात राज्य भन्नु बितिक्कै त्यहाँ लिम्बुवान पनि छ,खम्बुवान पनि छ,ओल्लो किरात(कोईचवान),शेर्पालुङ,याक्खालैण्ड,कोचीला लगायत किरात सभ्यता र भुगोलमा बसोबास गर्ने सम्पुर्ण जातजाती र भाषाभाषिको नेपाली जनता सबै छ भन्ने बुझाऊदछ।लिम्बुवान भन्नु नै आफैमा पल्लो किरात हो,त्यसैगरी खम्बुवान,शेर्पालुङ,कोचिला कोईचवान भन्नु भौगोलिक पहिचान र सभ्यताको आधारमा आफैमा किरात नै हो।यदि प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गर्ने हो भने त्यहाँ,लिम्बुवान,खम्बुवान,याक्खालैण्ड,शेर्पालुङ,कोईचवान कोचीला आदि फुर्का झुण्डयाई रहनु आवश्यक नै पर्दैन।किनभने याक्खालैण्ड,ओल्लो किरात,कोचीला,शेर्पालुङ,खम्बुवान लगायत समग्र सबैलाई बहु-अस्तित्व बहु-पहिचानयुक्त किरात राज्यले समेट्न सक्दछ।किरात प्रदेशको पछाडि कोशी र सगरमाथा झुण्डयाऊन आवश्यक पर्दैन किनकि किरात सभ्यताले कोशी नदि र सगरमाथा(चोमोलुङ्मा)को पहिचान लाई समेत समेट्दछ।अत:-प्रदेश नं १ लाई नदि या हिमालको नाम जोड्नु,या राजनैतिक प्रभाव/आन्दोलन र शक्तीको प्रदर्शनको Majority मा छ भनेर (किरात लिम्बुवान)मात्र नामकरण गरीनु ईतिहासमै महाभुल हुनेछ।किरात प्रदेशमा सहमती हुनु नै आजको युगको माग हो।नभए या त Minority रहेका शेर्पालुङ,कोचीला,ओल्लो किरात,याक्खालैण्ड लगायत सबैको बहुअस्तित्व,बहुपहिचान सहित सबैको पहिचान झल्कने प्रदेश नं १ को नामकरण (किरात खम्बुवान लिम्बुवान कोचीला शेर्पालुङ याक्खालैण्ड कोईचवान,ओल्लो किरात,धिमालवान,थारुवान,झागर,मुसहर,सतार आदि ईत्यादि वान्तवा चाम्लिङ कुलुङ वायुङ भनेझै फेदाप,छथरे जस्ता प्रदेशको पछाडि असंख्य भाषिक,संरक्षित,थप्दै सम्पुर्ण प्रदेशवासीको बहुपहिचानको नामकरण थप्दै जानु पर्ने हुन्छ,जुन अव्यवहारीक र अवैज्ञानिक हुनेछ होईन भने नेपालमा यो राष्ट्रले सम्बोधन गरेको नेपालकै प्राचीन किरात सभ्यता,ओल्लो किरात,माझ किरात र पल्लो किरातले सम्बोधित ऐतिहासिक भुगोल सर्व-स्वीकार्य बहुपहिचान युक्त प्रदेश नं १ लाई (किरात राज्य)घोषणा गरीनु पर्दछ।नेपालको सबैभन्दा प्राचीन किरात सभ्यता,नेपालको ईतिहास,भुगोल बुझाऊने,बहु-जाती/बहुभाषी/बहु-धार्मिक,बहु-सांस्कृतिक,बहुपहिचान युक्त किरात प्रदेशवासी सम्पुर्ण नेपाली जनताहरुको साझा प्रदेश किरात प्रदेश नामकरण गर्ने र उपस्वायत्तहरुः-खम्बुवान,लिम्बुवान,कोचीला,शेर्पालुङ,ओल्लो किरात (कोईचवान)याक्खावान,धिमालवान,मेचे,थारुवान,झाँगड,मुसहर,सतार
र अन्य:-विभिन्न स्वायत्त क्षेत्र,भाषिक विशेष संरक्षित क्षेत्रहरु सहित सबैको सहमतीमा,सबैको सहअस्तित्व सहितको प्रदेश नं १ को नाम सबैको साझा किरात प्रदेश नै घोषणा गर्नु आवश्यक छ l
ll जय किरात ll

- मुलघरे कान्छाको फेसबुक देखि ।

Comments

Popular posts from this blog

नेपालको राजनैतिक ईतिहासमा "किरात काल"

नौलाख किराँती मध्ये केही राईको पाछाहरु

राई र लिम्बुको माया पो माया अरुको त सब घामछाया 🤣