Posts

नेपालको राजनैतिक ईतिहासमा "किरात काल"

Image
लेखक: भोला बिक्रम राई प्रारम्भ एसियाका ठूला देशहरू चीन र भारतको बीचको हिमालय काखमा रहेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक र बिशिष्ट छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा पनि नेपाललाई अत्यन्तै प्राचीन र पवित्र भूमिको रूपमा वर्णन गरिएको छ । काठमाडौं उपत्यकामा पाइएका नियोलि‍थि‍क उपकरणहरूबाट यो थाहा पाइन्‍छ कि नेपालमा मानिसको बसोबास कम्‍तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ र किरात जातिका मानिसहरु करिब २५ सय बर्षअघि देखि यहाँ बसोबास गरेको अनुमान लगाइन्छ । प्राचीन नेपालको राजनैतिक ईतिहास हेर्दा किरात कालभन्दा अगाडि नेपालमा गोपाल, महिषपाल जस्ता अन्य जातिहरूको राज्य थियो भन्ने अपुष्ट इतिहासहरू भएपनि प्रष्ट प्रमाणको अभावमा किरातकाल सुरु हुनुभन्दा अगाडिको समयलाई प्रामाणिक इतिहासको रूपमा लिइँदैन। यसर्थ आजसम्म नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किरात कालबाटै सुरु भएको हो भन्ने कुराको ऐतिहासिक मान्यता स्थापित भइसकेका छन्। किरात काल इतिहासकार इमानसिं चेम

नेपाललमा आदिवासी जनजातिको ५९ जातीलाई सुचिकृत

Image
नेपाललमा आदिवासी जनजातिको ५९ जातीलाई सुचिकृत गरिएको छ । कुलुङ, बान्तावा, मेवाहाङ, साम्पाङ लगायत राई जातिको थर भएकोले सुचिकृत नभएको राईको थरहरुलाई छुट्टै जाती मानिन्दैन । जस्तै केही तामाङहरुले पनी दोङ, योञ्जन लेखाउछ गुरुङ हरुले घले, लामा भने मगरहरुले थापा, बुढा, पिठाकोटे अनि लिम्बूहरुले लावती, चेम्जोङ, साँवा आदि यसो हुनुमा उनिहरुमा चेतनाको कमी वा अज्ञानता लाई कारक मानिन्छ । नेपालको सुचिकृत ५९ आदिबासी जनजातीहरु लाई  ५ समुहमा बाढिएकोमा राई जातीलाई सुबिधा बन्चित  समूह मा राखिएको छ। १.) उन्नत समूहमा :- नेवार र थकाली जाती रहेको छ।                            (२ जाति ) २.) सुबिधा बन्चित समुहमा :- राई, लिम्बू , याख्खा,       जिरेल, गुरुङ, मगर, छैरोतन, ताङवे, तिनगाउले,      बाह्रगाउले, मार्फाली, शेर्पा, छन्त्याल, ब्यासि,     र ह्योल्मो जातिहरु रहेकोछ ।( १५ जाति ) ३.) सीमान्तकृत समुहमा :-  सुनुवार, थारु, तामाङ,      भुजेल, कुमाल, कोचे (राजबङ्शी ), गन्गाई, भोटे,      धिमाल, दराई, ताजपुरिया, पहारी, तोप्केगोला,      डाेल्पाे, फ्री, मुगाली, लार्के, ल्होपा, दुरा र वालुङ      जातिहरु रहेकोे

प्रदेश न. १ को नामकरण किरात प्रदेश राख्न आग्रह

Image
नेपालमा राष्ट्रले सम्बोधन गरेको किरात एक सर्व-स्वीकार्य नेपालकै सबैभन्दा प्राचीन सभ्यता हो।नेपालमा प्रजातन्त्र पश्चात पञ्चायती शाषन व्यवस्था सम्मको समयमा पनि नेपालको सरकारी लिखौटहरुमा पुर्वी नेपाल किरात राज्यलाई (ओल्लो किरात,माझ किरात र पल्लो किरात) भुगोलको नामले सम्बोधन गरीन्थियो।प्राचिन किरात सभ्यता,किरात शब्दले बहु-भाषी,बहुपहिचान बहु जाती नेपाली जनता लाई र नेपालको सभ्यता,ईतिहास र भुगोल सबैलाई समेट्ने भएको कारण प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गर्नुपर्दछ र उपस्वायत्तहरुः-लिम्बुवान,खम्बुवान,शेर्पालुङ,ओल्लो किरात(कोईचवान),याक्खालैण्ड,कोचीला,मेचे,थारुहट,धिमाल,झाँगड,मुसहर साथै विभिन्न स्वायत्त,भाषिक क्षेत्र तथा विशेष संरक्षित क्षेत्र घोषणा गर्नुपर्दछ।प्रदेश नं १ लाई कोशी या सगरमाथा प्रदेश नामकरण गरीनु नेपालको ईतिहास र भौगोलिक रुपमा ओल्लो किरात,माझ किरात र पल्लो किरातको ईतिहास लाई अन्याय हुनेछ।यदि वर्तमान परीपेक्ष्यमा Majority मा किरात र लिम्बुवानको राजनैतिक आन्दोलन/प्रभाव/पहुँच या शक्तिको आधारमा नै प्रदेश नं १ लाई(किरात लिम्बुवान) मात्र प्रदेश नामकरण गरीनु पर्दछ भन्नु त्यो

मर्चा - जाड बनाउन नभैनहुने बस्तु

Image
मानव जीवनको बिकासक्रममा विभिन्न चिजबिज हरुको अनुसन्धान र उत्पती भएको पाइन्छ । त्यसै क्रमको किराँती हरुको अति नै महत्वपूर्ण सगुन "जाड" बनाउनको लागि "मर्चा" को उत्पती भएको थियो ।  जाड बनाउन लाई नभै नहुने यो "मर्चा" हाम्रा पुर्खाहरुले त्यो समयमा बनाए जुन समयमा बिश्वमा कुनै पनि कुनामा यश प्रकारको "अल्कोहल" बनाउने कच्चापदार्थ बनाएका थिएन्न ।  मर्चा बनाउने तरिका : मर्चा बनाउनका लागि चामल, अदुवा, खोर्सानी र पुराना मर्चाको सानो टुक्राका साथै एउटा विशेष बिरुवाको जरा चाहिन्छ, जुन उच्च लेकाली भेकतिर मात्र पाइन्छ। यस बिरुवाको पहिचान भने गोप्य राखिन्छ, कसैलाई बताउँदैनन्, खुलाउँदैनन्। आजको दिनसम्म पनि तर मर्चाको महत्त्व घटेको छैन। धेरै अवसरमा कारखाना-भट्टीतिर बनिएका मदिराहरूले ठाउँ लिन थालेको भए तापनि, मर्चा हालेर बनाइएको छाङ/जाँडको माग आज पनि त्यति नै धेरै छ। चामललाई रातभरी भिजाएर बिहान पानी तारेपछि ढिकीमा कुटिन्छ। भिजाइएको चामलमा अदुवा, खोर्सानी र गोप्य बिरुवाको जरा मिसाइन्छ। यी सबैलाई पीठो हुने गरी कुटेपछि त्यसलाई भाँडामा खन्याएर उचित मात्राम

साकेला क्रेज !! 💕

Image
साकेला क्रेज : केही बर्स यता किरातीहरु माझ आफ्नो सास्कृतिक मोह ह्वात्तै बढेको छ । साकेलामा ढोल बजाउदै किराँती चेली ।

राई र लिम्बुको माया पो माया अरुको त सब घामछाया 🤣

Image
कुनै समय थियो राई र लिम्बू बिच बिबाह हुदा नि हाम्रो समाजलाई पचाउन गरो हुन्थ्यो । तर अहिले राई र लिम्बू बिचको बिबाह सहज रुपमा लिइन्छ । यो समय सङ्गै आएको सकारात्मक परिवर्तन हो । राई र लिम्बू बिचको माया प्रेम माथिको meme माथी फोटोमा उल्लेख गरिएको छ । 

नौलाख किराँती मध्ये केही राईको पाछाहरु

Image
किराँतीहरु को ईतिहास हेर्ने हो भने नौलाख हुन्छ्न रे । त्यस मध्ये केही राईको प्रकारहरु यहाँ  उल्लेख गरिएको छ । यहाँ लिस्टमा नपरेको राईको प्रकारहरु तल कमेन्ट गरिदिनु होला । हामी अर्को पटक समाबेश गरेर सार्बजनिक गर्ने छौ । धन्यवाद !!