नेपाललमा आदिवासी जनजातिको ५९ जातीलाई सुचिकृत
नेपाललमा आदिवासी जनजातिको ५९ जातीलाई सुचिकृत गरिएको छ । कुलुङ, बान्तावा, मेवाहाङ, साम्पाङ लगायत राई जातिको थर भएकोले सुचिकृत नभएको राईको थरहरुलाई छुट्टै जाती मानिन्दैन । जस्तै केही तामाङहरुले पनी दोङ, योञ्जन लेखाउछ गुरुङ हरुले घले, लामा भने मगरहरुले थापा, बुढा, पिठाकोटे अनि लिम्बूहरुले लावती, चेम्जोङ, साँवा आदि यसो हुनुमा उनिहरुमा चेतनाको कमी वा अज्ञानता लाई कारक मानिन्छ । नेपालको सुचिकृत ५९ आदिबासी जनजातीहरु लाई ५ समुहमा बाढिएकोमा राई जातीलाई सुबिधा बन्चित समूह मा राखिएको छ। १.) उन्नत समूहमा :- नेवार र थकाली जाती रहेको छ। (२ जाति ) २.) सुबिधा बन्चित समुहमा :- राई, लिम्बू , याख्खा, जिरेल, गुरुङ, मगर, छैरोतन, ताङवे, तिनगाउले, बाह्रगाउले, मार्फाली, शेर्पा, छन्त्याल, ब्यासि, र ह्योल्मो जातिहरु रहेकोछ ।( १५ जाति ) ३.) सीमान्तकृत समुहमा :- सुनुवार, थारु, तामाङ, भुजेल, कुमाल, कोचे (राजबङ्श...